【आवेदन आवश्यक】जुलाई २६ (आइतबार) आयोजना:जापानी भाषा मातृभाषा नभएका अभिभावक-बालबालिकाहरूका लागि "टोकियो दक्षिण बहुभाषिक उच्च विद्यालय भर्ना मार्गदर्शन" (जानकारी सत्र तथा शिक्षा・दैनिक जीवन सम्बन्धी परामर्श)

जापानी उच्च विद्यालयमा भर्ना हुन चाहने, जापानी भाषा मातृभाषा नभएका बालबालिका/विद्यार्थीहरू र तिनीहरूका अभिभावकहरूका लागि, टोकियोको दक्षिणी क्षेत्रका स्वयंसेवक समूह र विद्यालयका शिक्षकहरू मिलेर बहुभाषिक उच्च विद्यालय भर्ना जानकारी सत्र आयोजना गर्दैछन्।
भर्ना कसरी हुन्छ भन्ने बारेमा, साथै टोकियो महानगरपालिका (मेट्रोपोलिटन) उच्च विद्यालय र निजी उच्च विद्यालयका बारेमा व्याख्या गरिनेछ।
उच्च विद्यालयमा लाग्ने खर्च र जापानको शिक्षा प्रणालीको बारेमा पनि व्याख्या गरिनेछ।
बसोबास स्थिति (भिसा/रेजिडेन्सी स्टाटस) आदि बारे परामर्श पनि लिन सकिन्छ। ४ भाषामा दोभाषेको सुविधा हुनेछ।

यदि तपाईं सहभागी हुन चाहनुहुन्छ भने, माथिको सूचना पर्चा (चिराशी)मा रहेको QR कोडबाट, वा इमेलद्वारा जुलाई २० (सोमबार) सम्ममा आवेदन दिनुहोस्।

मिति र समय:२०२६ जुलाई २६ (आइतबार) १३:०० देखि १६:३० सम्म

स्थान:टोकियो महानगरपालिका रोकुगो कोका उच्च विद्यालय (टोक्यो-रित्सु रोकुगो कोका कोतोगाक्को)
(केइक्यू लाइनको जोशिकी (Zoshiki) स्टेसनबाट पैदल ३ मिनेट/JR कामाता स्टेसनको पूर्वी निकास बाट नम्बर १ बस स्टपबाट बसमा चढी नाकारोकुगो-सान्चोमे स्टपमा ओर्लेर पैदल ३ मिनेट)

(कार्यक्रमको विवरण):
भाग १:टोकियो महानगरपालिका उच्च विद्यालय र निजी उच्च विद्यालयको प्रवेश परीक्षाको व्याख्या (दोभाषे सहित)
भाग २:वरिष्ठ विद्यार्थीहरूको अनुभव साझेदारी, व्यक्तिगत परामर्श (शिक्षा, दैनिक जीवन सम्बन्धी परामर्श, बसोबास स्थिति/भिसा सम्बन्धी परामर्श)

दोभाषे भाषाहरू:अंग्रेजी・चिनियाँ・तागालोग・नेपाली
(अन्य भाषाहरूको लागि सम्पर्क गर्नुहोस्)
सहभागिता शुल्क:५०० येन(सामग्री शुल्क)
आवेदन दिने अन्तिम मिति:जुलाई २० (सोमबार)
※माथिको सूचना पर्चाको QR कोड वा इमेल(jimukyoku@ocnet.jp
सम्पर्क:टेलिफोन ०३-३७३१-३८३१
(इप्पान-शादान-होजिन लेगाटो ओटा (Legato Ota), सोमबारदेखि शुक्रबारसम्म 10:00~17:00)